थप ३,०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ०७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार ४३८ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै, चार हजार ४९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा दुई हजार १२६ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ४२९ जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ४ : ५७ बजे