‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सभामुखलाई अध्यक्ष ओलीको प्रश्न, माओवादीको कार्यकर्ता हुने कि सभामुख ? 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा सभामुख भन्दाबढि पार्टीको कार्यकर्ता भएको टिप्पणी गर्नुभएको छ । तीन दिनदेखी पार्टीले कारबाहि गरेका व्यक्तिको नाम सभामुखले सुँचनामा नटासेको भन्दै अध्यक्ष ओलीले आपत्ति जनाउनुभएको हो। न्युज एजेन्सी नेपालको एक अन्तरवार्तामा अध्यक्ष ओलीले भन्नुभयो, सुँचना किन नटास्नुभएको ? माओवादीबाट एमालेमा आउँदा ततकाल कारबाहि गर्ने सभामुखले अहिले किन गर्नुभएन ? उहाँको प्रश्न थियो । अध्यक्ष ओलीले भन्नुभयो,–‘सभामुखले छानबिन गरेको फैसला हेर्ने हो, निस्काशन गरेको सूचना टाँसिदिने हो, सदन छ भने सदनमा सुनाइदिने हो तर सभामुख न्यायधिश बन्न मिल्दैन ।’

माओवादीको कार्यकर्ता भएर एमाले फुटाउने कार्यमा समावेश हुने हो भने सभामुखको कुर्सीमा बस्न नमिल्ने ओलीको तर्क थियो । उहाँले भन्नुभयो, अग्नी सापकोटा जी लाई म सोध्न चाहान्छु संसद चलाउने मन छ कि छैन ? सभामुखको कुर्सीमा बसेपछि निश्पक्ष भूमिकामा बस्नु पर्दछ । निश्पक्ष हुन मन छैन भने छोड्दिए हुन्छ । कार्यकर्ता भइरहनु हुन्छ भने सभामुखको कुर्सीमा बस्न मिल्दैन अध्यक्ष ओलीले भन्नुभयो ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ४ : २९ बजे