‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

 प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा उहाँहरु बीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ । 

सरकारले अस्ति मङ्गलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा (एमाले) विभाजन भएर नयाँ दल दर्ता भएपछि तीन शीर्ष नेताबीच आज भेटवार्ता भएको हो । 

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  १२ : ०६ बजे