साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

बक्सिङ प्रतियोगिताका लागि नेपाली टोली युएई प्रस्थान

काठमाडौँ । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली बुधवार युनाइटेड अरब इमिरेटस् (युएई) प्रस्थान गरेको छ । 

उक्त टोलीमा ६ खेलाडीसहित १२ जना रहनुभएको छ । 

प्रतियोगितामा पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गर्ने टोलीमा रहनुभएका ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिनुभयो । 

यस्तै महिला ५७ किलोमा नारिका राईले प्रतिस्पर्धा गर्नुहुनेछ । 

यस्तै पुरुष जुनियरतर्फ ५४ किलोमा छिरिङ वाङदी शेर्पा तथा महिला ५० किलोमा स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्नुहुने प्रशिक्षक भट्टले बताउनुभयो । 

गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी हुनुहुन्छ । 

टोलीको व्यवस्थापकको रूपमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहनुभएको छ । उक्त प्रतियोगिता असोज १५ गतेसम्म चल्नेछ । 

नेपाली टोलीलाई नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलगायतले बुधवार बिदाइ गर्नुभयो । 

 

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ८ : ४० बजे