साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

भीमदत्तमा एम्बुलेन्स र शव वाहन सेवा सञ्चालन

कञ्चनपुर । कोरोना रोकथाम तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन भीमदत्त नगरपालिकाले एम्बुलेन्स र शव वाहन सेवा सञ्चालन गरेको छ । 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको हो । 

शव वाहन नगरपालिकाको आन्तरिक स्रोतबाट खरिद गरिएको छ । एम्बुलेन्सलाई सीमा नाका गड्डाचौकीमा राखेर कोरोना सङ्क्रमित बिरामी बोक्न प्रयोग गरिने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताउनुभयो । 

“एम्बुलेन्स सञ्चालन गरी कोरोना सङ्क्रमितलाई निःशुल्क रूपमा आइसोलेसनमा पुर्‍याउने कार्य गरिने छ”, उहाँले भन्नुभयो, “शव वाहनको प्रयोग कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न र अन्य शव बोक्नका लागि प्रयोगमा ल्याइने छ ।” 

एम्बुलेन्स र शव वाहन सञ्चालनका लागि निर्देशिका तयार गरी व्यवस्थित रूपमा सञ्चालन गरिने उहाँको भनाइ छ । रासस

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ८ : १८ बजे