‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रियंका हत्याको विरोधमा पूर्वपश्चिम राजमार्गमा प्रदर्शन 

जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिका– १७ की प्रियंका भुजेलको हत्याको विरोधमा स्थानीयले प्रदर्शन सुरु गरेका छन् । 

भुजेलको शव भेटिएलगतै स्थानीयहरुले पूर्व पश्चिम राजमार्ग बन्द गरेका हसन्। गत साउन ३१ गतेदेखि हराइरहेकी भुजेलको शव भेटिएको थियो ।

मंगलबार राति घरदेखि करिब ३ किलोमिटरको दूरीमा रहेको कालिन्जोर खोलामा भुजेलको शव फेला परेको थियो ।
बलात्कार गरी किशोरीको हत्या गरिएको आशंकामा स्थानीयले प्रहरी कार्यालयमा समेत विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले हत्यारालाई पक्राउ गरी सार्वजनिक गर्न समेत माग राखेका छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले घटनाको अनुसन्धान भइरहेको र हत्या आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  २ : ३३ बजे