‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

ठाकुरको नेतृत्वमा  जसपा लोकतान्त्रिक नेपाल, चुनाव चिह्न साइकल

काठमाडौं । देउवा नेतृत्वको सरकारले सिफरिस गरेको दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएसँगै जसपा नेपालको महन्थ ठाकुर पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी सुरु गरेको छ।

ठाकुर पक्षले पार्टीको नाम जसपा लोकतान्त्रिक नेपाल र चुनाव चिह्न साइकल राख्ने निर्णय गरेको छ। नयाँ दर्ता हुने पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा २३  वा २४ जना रहने गरी दुईवटा प्रस्ताव तयार पारेको छ।

जेलमा रहेका रेशम चौधरीले आफ्नो नाम राख्ने विषयमा सहमति जनाएपछि २४ जनाको केन्द्रीय कार्यकारिणीको एउटा र उनी सनाखतमा उपस्थित नभएको खण्डमा २३ जनाको केन्द्रीय कार्यकारिणी बनाउने गरी दुईवटा प्रस्ताव तयार भएको नेता अकवाल मियाँले जानकारी दिनुभयो ।  

सरकारले दल विभाजन गर्न खुकोलो हुने गरी अध्यादेश ल्याएको छ । अध्यादेशको चौतर्फी विरोध भइरहेको छ । संसदको चालु अधिवेशन अनत्य गरेको भोलीपल्ट सरकारले दल विभाजन गर्ने अध्यादेश ल्याउने निर्णय गरेको थियो । 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  २ : २० बजे