‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भन्सार छलि ल्याउँदै गरेको मोटरसाइकल सहित पक्राउ

बर्दिया – गुलरिया नगरपालिका-६ भन्सार रोडबाट भन्सार छलि ल्याउँदै गरेको करिब १ लाख ४० हजार रुपैयाँ बराबरको नम्बर प्लेट नभएको १ थान मोटरसाइकल सहित सोही नगरपालिका-८ थपुवा गाउँ बस्ने २५ वर्षीय हरिलाल मल्लाहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई बरामद मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दिया पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  २ : ०४ बजे