‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

राजनीतिक दलसम्बन्धी अध्यादेश आज जारी हुन सक्ने

काठमाडौं । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश आज जारी हुन सक्ने अनुमान गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कुनै पनि राजनीतिक दलका सदस्यले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत बहुमत पुर्‍याएर नयाँ दल खोल्न पाउने व्यवस्था गरेको छ। अध्यादेश मंगलबार नै राष्ट्रपतिसमक्ष पेश गरिएपनि यसअघिको सरकारले ल्याएको अध्यादेश प्रकरणमा सर्वोच्चको आदेश र व्यापक विरोधका कारण यसपटक राष्ट्रपति भण्डारीले छलफल गरेर जारी गर्न लाग्नुभएको स्रोतले बताएको छ। अघिल्लो सरकारले अध्यादेश ल्याएपछि राष्ट्रपतिको पनि आलोचना भएको थियो । चालू अधिवेशनको अन्त्य गर्दै सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको सत्तारूढ नेपाली कांग्रेसका नेतादेखि विपक्षीदल , गठबन्धनको पार्टी जनता समाजवादीका शीर्ष नेताहरुले समेत तिब्र बिरोध जनाएका छन् । 

एमालेमा विवाद भइरहेको अवस्थामा माधव नेपाल समूहलाई पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएकोमा एमालेले शसक्त प्रतिवाद गर्ने जनाएको छ । यद्यपी सरकारले पठाएका अध्यादेश जारी गर्नु राष्ट्रपतिको संवैधानिक दायित्व भएकाले आज साँझसम्म अध्यादेश आउने स्रोतको दाबी छ । 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १२ : ०३ बजे