सिन्धुपाल्चोक । अविरल बर्षसँगै आएको बाढीले मेलम्चीका थप तीन घर बगाएको छ ।
बाढीले मेलम्ची –६ नेपानेमा बाढीले थप तीन घर बगाएको हो ।
बाढीले गए राति स्थानीय कृष्णबहादुर थापा, भोजबहादुर थापा र दिपेश थापाको घर बगाएको स्थानीय भिमसेन थापाले जानकारी दिनुभयो । थप घरहरू र बाटो समेत जोखिममा रहेको उहाँले बताउनुभयो ।
गए राति बगाएका यी घर यसअघिको बाढीले जोखिममा रहेका घर रहेको र सामान र मानिस सारिसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी ,प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकमा गत साउन १६ पछिको बाढीले अहिलेसम्म १ सय ११ घर टहरा बगाएको छ ।
प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १० : ०३ बजे
प्रतिक्रिया