‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ 

झापा । झापाको बिर्तामोड नगरपालिकाबाट मङ्गलवार लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ । 

बिर्तामोड–५ नयाँ बसपार्कस्थित मिलन चोकबाट अर्जुनधारा–५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड–५ का २३ वर्षीय सुमन तामाङलाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट प्रहरीको टोलीले  ब्राउन सुगर र मे २ प ८६८६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । 

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको झापा प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ९ : २७ बजे