‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

युवा सङ्घले दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा आज प्रदर्शन गर्दै

काठमाडौँ । नकपा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घले दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गर्दै आज प्रदर्शन  गर्ने भएको छ ।

युवा सङ्घका इन्चार्ज तथा एमाले केन्द्रीय सदस्य महेश बस्नेतले राजधानीमा नयाँ बानेश्वर र उपत्यकाबाहिर प्रत्येक जिल्ला सदरमुकाम तथा मुख्य सहरहरूमा बुधवार प्रदर्शन गरिने बताउनुभयो । उहाँले सरकारको यस कदमले एमाले आक्रोशित र आन्दोलित भएको बताउनुभयो ।

युवा सङ्घले मङ्गलवार पनि  राजधानीमा प्रदर्शन गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको भन्दै नेकपा एमाले आक्रोशित बनेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ९ : ०८ बजे