‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

प्रधानमन्त्री चुक्नुभयो, यो काँग्रेसको संस्कार होइन : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने बताउनुभएको छ ।

सरकारले आफ्नो सुविधाका लागि अध्यादेश ल्याएपनि त्यसलाई आफूले समर्थन गर्न नसक्ने कोइरालाको भनाई छ ।

‘सरकार सञ्चालनको सुविधानको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुनसक्छ तर अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न’, कोइरालाले ट्वीटमा भन्नुभएको छ । उहाँले संसदमा परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सक्रियता देखाउनुपर्नेमा प्रधानमन्त्री चुकेको टिप्पणी गर्नुभएको हो । ‘यो चुक प्रधानमन्त्रीबाट भयो, यो कांग्रेसको संस्कार होइन’, कोइरालाले लेख्नुभएको छ ।

 

 

 

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ४ : २३ बजे