‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

शेखर कोइरालाको प्रश्न : अरुले ल्याउँदा विरोध गर्ने अनि अहिले आफैं अध्यादेश ल्याउने ?

मोरङ  । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर गल्ती गरेको बताउनुभएको छ ।   

उहाँले ओली सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने अनि अहिले आफैं सरकारको नेतृत्वमा गएपछि पुनः त्यस्तै  अध्यादेश ल्याउने ? भन्दै प्रश्न गर्नुभएको छ ।   

उहाँले भन्नुभयो, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीले पनि अध्यादेश ल्याउँदा कांग्रेसले विरोध र्गयो तर अहिले आफैं सरकारको नेतृत्वमा गएपछि पुनस् त्यही गल्ती दोर्होयाउन मिल्छ ?’ 

चलिरहेको संसद हठात् अन्त्य गरेर राजनीति दल सम्बन्धी ऐन अध्यादेश ल्याएर अन्य दललाई विभाजन गर्ने कांग्रेसको संस्कार नभएको कोइरालाले बताउनुभया । ‘सरकारले संसद्लाई बलियो बनाएर अघि बढ्नुपर्ने अवस्थामा हठात् संसद् अन्त्य गरेर अध्यादेशमार्फत देश चलाउनु आवश्यक छ ?,’ उहाँले भन्नुभयो  ।

सरकारले अध्यादेश ल्याएर गल्ती गरेको कोइराले बताउनुभयो । 

 प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले  पार्टीको बैठकमा समेत छलफल नगरी अध्यादेश ल्याउनु उचित नभएको कोइरालाकाे भनाइ छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ३ : १३ बजे