‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विस्थापित अफगान नागरिकलाई राष्ट्रसङ्घीय एजेन्सीले सहायता प्रदान गर्ने

वासिङ्टन – काबुलमा विभिन्न प्रान्तबाट विस्थापित भएर आएका अफगान नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले सो कुराको जानकारी दिनुभएको छ । उहाँका अनुसार अफगानिस्तानका विभिन्न प्रान्त तालिबानीले कब्जा गरेपछि अफगानिस्तान र विदेशका कतिपय नागरिक अरु प्रान्तबाट काबुल आइपुगेका छन् ।

    उनीहरु र हालै राजधानी काबुल तालिबानले कब्जा गरिसकेपछि उत्पन्न परिस्थितिबाट यहाँ रहेका विभिन्न देशका नागरिक स्वदेश फर्किन विमानस्थल पुगेका छन् ।

    आवश्यक मात्रामा उडान हुन नसक्दा हजारौँ नागरिक विमानस्थलमै बसेका छन् । उनीहरुलाई आवश्यक पर्ने खाद्य तथा बस्ने व्यवस्थाका लागि सो एजेन्सीले काम गरिरहेको छ ।

    त्यहाँ उपस्थित ठूलो सङ्ख्याका विदेशी नागरिकलाई आवश्यक सहयोग गरिएको संयुक्त राष्ट्रसङ्घीय प्रवक्ता स्टेफेन डुजारिकले बताउनुभएको छ ।

    उहाँका अनुसार गत महिनादेखि अफगानिस्तानको हेरात, घज्नी, लागोर प्रान्तबाट पनि ठूलो संख्याका नागरिक यहाँ विस्थापित भएर आएका छन् ।

रासस÷एएफपी

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ३ : ०४ बजे