‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अध्यादेश बोकेर राष्ट्रपति कार्यालय पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि राष्ट्रपति कार्यालय पुग्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन गर्न अध्यादेश ल्याउएपछि त्यसलाई प्रमाणीकरण गराउनका लागि उहाँ शितल निवास पुग्नुभएको हो । बालुवाटारनिकट स्रोतका अनुसार अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा आफैं शीतल निवास जानुभएको हो ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  २ : १८ बजे