‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी, अध्यादेश ल्याउने तयारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक जारी रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । बालुवाटार स्रोतकाअनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल भईरहेको छ ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री देउवाले शीर्ष नेताहरुसँग परामर्श गर्नुभएको थियो। बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गर्ने आशंका गरिएको छ। नेपाल समूहलाई सहज हुने गरी अध्यादेश ल्याउने तयारी सत्ता गठबन्धनमा छलफल भइरहेको स्रोतको दाबी छ। 

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १२ : २४ बजे