‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

राष्ट्रपतिद्वारा हरिशंकर मिश्र प्रदेश २ प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज झा लाई पदमुक्त गर्दै उहाँको स्थानमा हरिशंकर मिश्रलाई नियुक्त गर्नुभएको छ।

मन्त्रिपरिषदको सोमबारको बैठकले अहिराजलाई हटाएर मिश्रलाई प्रदेश २ को नयाँ प्रदेश प्रमुखका रुपमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

सरकारको सिफारिस बमोजिम अहिराजलाई हटाएर नयाँ प्रदेश प्रमुखमा मिश्रलाई नियुक्त  गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १२ : १८ बजे