‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

उदाँउदो सूर्य चिन्ह खारेजीको माग गर्दै एमाले निर्वाचन आयोगमा

काठमाडौं । उदाँउदो सूर्य चिन्ह खारेजीको माग गर्दै नेकपा एमाले आज निर्वाचन आयोग जाँदैछ । आफ्नो पार्टीको चुनावचिन्ह सूर्यसँग मिल्दोजुल्दो  भएकोले उक्त चिन्ह खारेजीको माग गर्दै पार्टीको निर्वाचन विभाग आयोगमा जान लागेको हो ।

हिजो निर्वाचन आयोगले सावर्जनिक गरेको नेपालका राजनीतिक दल सम्बन्धी विवरणमा जनता जनवादी पार्टी नेपालको चुनाव चिन्ह क्षितिजबाट उदाउदै गरेको सूर्य चिन्ह राखिएको छ ।

जनता जनवादी पार्टीकी अध्यक्ष सन्ध्या कटेल हुनुहुन्छ । गतबर्ष नेकपा एमाले नामको पार्टी दर्ता गरेर कटेल चर्चामा आउनुभएको थियो । स्रोतका अनुसार माधव नेपाल समुहले पनि सूर्यसँग मिल्दोजुल्दो चिन्ह दाबी गर्ने तयारी गरेको छ । त्यसैले जनता जनवादी पार्टीको उदाउदो सूर्य खारेज गरेर मिल्दोजुल्दो चिन्ह खारेज हुने नजिर बसाउने दाउमा एमाले छ । त्यती मात्र होइन आयोगबाट उदाँउदो सूर्य खारेज गराएपछि पुनः सूर्य जस्तो देखिने कुनै पनि चिन्ह कुनै पार्टीलाई नदिन आयोगलाई दबाब पुग्ने एमालेको विस्वास छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ११ : ४४ बजे