काबुलबाट उद्धार भएका १२७ नेपाली स्वदेश आइपुगे

काठमाडौँ — अफगानिस्तानबाट कुबेत हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १० बजेर १५ मिनेटमा त्रिभुवन विमानस्थल झरेका हुन् ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएको थियो । तीमध्ये १ सय २७ जना मंगलबार बिहान नेपाल आइपुगेका हुन् ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १० : ५० बजे