‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी र संसदीय दलको बैठक आह्वान गरेको छ । संघीय संसदको दुबै अधिवेशन अन्त्य गरेको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चा चलेपछि अध्यक्ष ओलीले मंगलबार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउनुभएको हो । ११ बजे स्थायी कमिटी र ३ बजे संसदीय दलको बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बोलाइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ९ : ५३ बजे