‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

माधव नेपाल समूहलाई सहज हुने गरी अध्यादेश ल्याउँदै सरकार, बालकोटमा शीर्ष नेताहरू

काठमाडौं– सरकारले संसद अधिवेशन अन्त्य गर्दै दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने तयारी गरेपछि एमालेले आन्तरिक रणनीति बनाउन सुरु गरेका  छन् ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा स्थायी कमिटी सदस्यहरु भेला हुनुभएको छ । बालकोट स्रोतका अनुसार बालकोटमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मालगायतका नेताहरु सहभागि हुनुभएको छ ।

संसद अधिवेशन आजै मध्यराति अन्त्य गर्दै देउवाले माधव समूहलाई सहज हुने गरि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना पाएपछि अध्यक्ष ओलीले स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफल गर्नुभएको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले संसद छलेर अध्यादेशमार्फत् शासन गरेको आरोप लगाउँदै पाँच दलीय गठबन्धनले देउवा नेतृत्वको सरकार बनाएको थियो । तर देउवा सरकार पनि संसदलाई पन्छाएर अध्यादेशबाटै शासन गर्ने बाटोमा अघि बढेको भन्दै नेताहरुले आलोचना गरेका छन् ।
 

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ८ : ४३ बजे