काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ ।
काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा भट्टराईको शल्यक्रिया हुनलागेको हो । त्यसका लागि अध्यक्ष भट्टराई आजै अस्पताल भर्ना हुदैहुुन्छ । शल्यक्रिया वैशाख १७ गते शुक्रवार हुनेछ ।
यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उहाँको स्वास्थ्य परीक्षण भएको थियो ।
वायोप्सी, DOTA NOC परीक्षण, PET CT Scan सहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको तर ट्युमर भने चाँडै नै फाल्नुपर्ने सुझाव दिएका थिए ।
प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार २ : ११ बजे
प्रतिक्रिया