‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

‘काँग्रेस डोलीमा चढ्न पाएर दंङ्ग छ, कुन बिन्दुमा पु¥याउने हुन थाहा छैन’: अध्यक्ष ओली

काठमाडौं । पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले भूमिहिन, गरिब, श्रमजीवि जनताको हितमा काम गरेकाले सवैतिरबाट आक्रमण भएको बताउनुभएको छ । नेपाल टेड्र युनियन महासंघ जिफन्टको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको  नवौं बैठकलाई भ्चर्युल मार्फत सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले भीजन, प्रतिबद्धता र नीति कार्यान्वयन होला भनेर आफुहरुमाथि भिषण प्रचार आक्रमण भएको बताउनुभयो । कुनै पनि हिसाबले एक्ला एक्लै लड्न सक्ने क्षमता नभएपछि गठबन्धन बनाउँदै हिडेको उहाँको टिप्पणी थियो । अध्यक्ष ओलीले भन्नुभयो,–‘अब प्रतिस्पर्धा गर्न नसकिने भयो भनेर अस्वस्थ बाटोबाट हामीमाथी हमला भइरहेको छ ।’ आफैभित्रका तत्वहरुलाई बिगार्ने, किन्ने, प्रलोभनमा पार्ने, अलोकतान्त्रिक भ्रष्ट क्रियाकलापहरु भईरहेको उहाँको भनाइ थियो । ‘हाम्रो अयोग्यता, कार्यक्षमताको अभावले होइन यी सब कुरा हामीसँग भएको हुनाले हामीप्रति ईष्या भाव जागेको हो’ उहाँले भन्नुभयो । हामी प्रतिस्पर्धाभन्दा अलि माथि उठ्यौ, अरुको हामीसँग प्रतिस्पर्धागर्ने प्रतिष्पर्धी क्षमता रहेन, त्यो सामर्थय नभएकाले नै रिङ्गभन्दा बाहिरबाट ढुंगा हान्ने परिपार्टी देखा परेको अध्यक्ष ओलीको तर्क थियो । 

माधव नेपालप्रति लक्षित गर्दै ओलीले भन्नुभयो, –‘ हामीले विश्वासको मत माग्दा हाम्रै पार्टीका केही मानिसहरु कम्युनिष्ट सरकार जोगिन्छ भनेर भोट नदिएर बाहिर बसे, उनीहरु संसद बचाउनका लागि यो गरेको भन्दै जनतामा झुठ बोलिरहेका छन ।’ अहिलेको सरकार अनैतिक ढंगले बनेको छ, तर आफुहरु आलोचना गरेर मात्रै होइन काम गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले अहिलेको सरकार स्वार्थीहरुको गठजोड भएकाले भत्काउने बिगार्ने काममा मात्र केन्द्रित भएको बताउनुभयो । काँग्रेस नेतृत्वको सरकारलाई चुनौती दिदै अध्यक्ष ओलीले भन्नुभयो,–‘झुठा आलोचना मात्रै गर्ने होइन, देखाउनुहोस सक्नुहुन्छ ?’

काँग्रेस नीति, विचार केहीमा पनि प्रष्ट नभएको उहाँको तर्क थियो । ‘काँग्रेस यतिबेला डोलीमा बस्न पाएर दंङ्ग छ, साथीहरुले डोली बोकेका छन् नै, सनै, नसिङ्गा, दमाह बोकेर बाजागाजासहित रथयात्रा गरेको भन्ठानेको होला कतिबेला कुन बिन्दुमा पुरयाउँछन थाहा छैन’ ओलीले भन्नुभयो । अहिले  सत्तारुढ गठबन्धनमा जे खेल भइरहेको छ, त्यो लोकतन्त्रका लागि खतरा भइरहेको उहाँको भनाइ थियो ।  

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ४ : ५१ बजे