नेपालगन्ज । बाँकेमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत बैजनाथ गाउँपालिका पालिका वडा नम्बर १ बाँकेका ३० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
योसँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २५ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ८७ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ११ : १४ बजे
प्रतिक्रिया