‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

थप रक्तपात नहोस् भनेर देश छाड्ने कठिन निर्णय लिएँ– अफगानि राष्ट्रपति घानी 

 

काठमाडौं  । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले काबुलमा थप रक्तपात नहोस् र काबुलका जनताको जीवनरक्षा होस् भन्ने चाहनाका साथ आफूले देश छाडेको बताएका छन् । तालिवान काबुल प्रवेश गरेको सूचनापछि घानीले आइतबार देश छाडेका थिए । 

राष्ट्रपति घानीले देश छाडेको भोलिपल्ट सोमबार फेसबुकमा एक बक्तब्य सार्वजनिक गर्दै  तालिवानले राष्ट्रपति कार्यलय कब्जा गर्न चाहेको र त्यसको प्रतिवाद हुँदा रक्तपात हुने खतराका कारण आफूले सत्ता छाडेको बताएका हुन् । आफू कहाँ गएको भन्ने उनले बक्तब्यमा उल्लेख गरेका छैनन् । 

प्रतिवादमा उत्रनु र देश छाड्नुमध्येका अत्यन्तै अफ्ठ्यारा छनौटका बीचमा आफूले काबुलका ६० लाख जनताको जीवनरक्षाका लागि यो कदम लिएको घानीले प्रष्ट पारेका हुन् ।   तलिवानले हतियार र बन्दुकका बलमा अफगानिस्तानको सत्ता हातमा लिएको भन्दै अव काबुललगायत देशका सबै जनताको सुरक्षाको जिम्मा उनीहरुको हुने उनले बताएका छन् । 

अफगानिस्तानका जनताको सम्मान र सम्पतिको संरक्षण गर्न नसकेमा र जनताबाट बैधानिकता प्राप्त गर्न नसकेमा फेरी कहिलेपनि तालिवानलाई नस्वीकार्ने उनको कथन छ । उनले बैधानिक प्राप्त गर्न, महिलाहरुको सम्मान गर्न र देशको रक्षा गर्ने ऐतिहासिक परिक्षणमा तालिवान रहेको भन्दै त्यसबारे तत्काल योजना सार्वजनिक गर्न पनि माग गरेका छन् । 

आफू सँधै अफगानी जनताका पक्षमा रहेको र देशको रक्षामा रहने प्रतिवद्धता पनि जनाएका छन् । 

 

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १० : १६ बजे