काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताहरुसँगको भेटमा शेयर बजार घटाउन र बिगार्न नदिने प्रतिवद्दता व्यक्त गरेका छन् ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले अर्थमन्त्री शर्मा सँगको भेटपछि उनको भनाइलाई उदृत गदैं भने 'केन्द्रीय बैंकले मार्जिन ल्यान्डिङमा कडाइ गर्न खोजेको थियो, तर त्यसमा कडाइ गर्न दिएनौं; ढुक्क हुनुहोस शेयर बजार घटाउन र बिगार्न दिँदैनौं।
रौनियारका अनुसार १२ करोड भन्दा बढी ऋण दिन नपाउने व्यवस्थाले बजारलाई खासै फरक नपार्ने, असर पार्ने काम गरे पनि सच्चाउने प्रतिबद्धता पनि अर्थमन्त्रीले गरेको बताए ।
नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति ल्याएपछि शेयर कारोबारको पहिलो दिन आइतबार नेप्से २४.८८ अंकले घटेको छ ।
प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार ६ : ०५ बजे
प्रतिक्रिया