‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्दै अफगानिस्तान : विदेशी नागरिकहरुलाई आफ्नो देश फर्कन दिइने

​​​​​​​​​​​​​​​​​​​​​काबुल । तालिबानले काबुललाई चारैतिरबाट घेरेको बताएको छ ।  राजधानी काबुलको बाहिरी भागमा तालिबान लडाकूहरू आइपुगेपछि सरकारले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने तयारी गरेको छ ।  

देशका कायममुकायम गृहमन्त्रीले एउटा भिडियोमा आएर संक्रमणकालीन सरकार बनाउनका लागि शान्तिपूर्ण सत्ता हस्तान्तरण गरिने बताउनुभयो । उक्त भिडियो स्थानीय टोलो टीभीले प्रसारण गरेको छ । 

उता तालिबानका प्रवक्ताले लडाकूहरुलाई उत्सवमा गोली हान्न नदिने बताएका छन् । उनले भने कि अफगान सेनाहरुलाई आफ्नो घर फर्कन अनुमति दिइने बताएका छन् ।

तालिबानले विमानस्थल र अस्पताल संचालन र आपतकालीन आपूर्ति जारी रहने बताएको छ । विदेशी नागरिकहरुलाई भनिएको छ कि यदि उनीहरु आफ्नो देश फर्कन चाहन्छन्, उनीहरु फर्कन सक्छन् र यदि उनीहरु अफगानिस्तानमा रहन चाहन्छन्, उनीहरुलाई तालिबानसंग आफ्नो उपस्थिति दर्ता गर्नु पर्नेछ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ५ : २३ बजे