‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

‘मेरा कामले हासिल गरेको लोकप्रियताबाट छाति जलेर असहैय पीडा भएको आजकाल देखिन्छ’ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो नेतृत्वको सरकारले गरेका राम्रा कामको लोकप्रियताबाट धेरैको छाति जलेर असहैय पीडा आजकालको अभिव्यक्तिबाट देखिने गरेको बताउनुभएको छ । एक कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो,–‘पारदर्शी प्रतिस्पर्धाबाट राज्य संचालन,नातावाद र कृपावादको छायाँसम्म पर्न नदिने मेरा नीति रहेँकाले कसैको लाभ र ईच्छामा धक्का पुग्यो ।’ 

अपेक्षा अनुसार उहाँहरुको प्रयास पुरा भएन र तत्काल पुरा हुनेपनि नदेखिदा् अहिलेको अवस्था आएको ओलीले बताउनुभयो । ‘म भ्रष्टाचार गर्दिन, अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न भन्ने कुराले धेरै ठूलो असजिलो पनि पैदा भयो होला, कतिलाई धक्का पनि पर्यो होला यस्तै कुराहरुले मेरा पार्टीभित्रै समस्या पैदा भयो, यो दुनियाँलाई थाहा छ ।’  अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुन जन्मिएको हैन, काम गर्दै जादाँ प्रधानमन्त्रीको जिम्मेवारी पाएको बताउनुभयो ।
 

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १२ : ५० बजे