राजन भट्टराईको प्रश्न, लोकतन्त्रमा सरकार यति गैरजिम्मेवार र अनुत्तरदायी हुन मिल्छ, कि परमादेशबाट आएकालाई मिल्छ ?

काठमाडौं– नेकपा एमालेका नेता एव विदेश विभागका प्रमुख डा. राजन भटटराईले अफगानिस्तानमा रहेका नेपाली नागरिक स्वदेश फर्काउन पहल नगरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ।

सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभएको छ,–‘संसदमा विपक्षीका तर्फबाट बिषय उठाइएको पनि धेरै दिन भइसक्यो । अन्य मुलुकहरूले आ–आफ्ना नागरिक फर्काउन थालिसके । तर पनि सरकार अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन कुनै पहल गरिराखेको छैन। लोकतन्त्रमा सरकार यति गैरजिम्मेदार र अनुत्तरदायी हुन मिल्छ ? कि परमादेशबाट आएकालाई मिल्छ ?

अफगानिस्तानको राजधानी काबुलबाहेकका शहर तालिवान विद्रोहीको नियन्त्रणमा गइसकेका छन् । धेरै मुलुकहरुले आफ्ना देशका नागरिक धमाधम फिर्ता लगिरहेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ११ : ५४ बजे