‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पाकिस्तानको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति तथा प्रमद्वारा बधाई सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको असल मित्रराष्ट्र पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा त्यहाँका राष्ट्रपति आरिफ अल्भीलाई बधाई दिनुभएको छ । बधाई सन्देश पठाउनुहुँदै राष्ट्रपति भण्डारीले इस्लामिक गणतन्त्र मुलुक पाकिस्तानको शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पाकिस्तानका समकक्षी इमरान खानलाई एक छुट्टै बधाई सन्देश दिनुहुँदै बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले पाकिस्तान र त्यहाँको जनताको निरन्तर समृद्धिको कामना गर्नुभएको छ । साथै आगामी दिनमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध थप विकसित हुँदै जाने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ११ : ३९ बजे