देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सुनिता बरालको ‘समृद्धि प्रतिको सङ्कल्प’ सार्वजनिक

​​​​​​​काठमाडौँ । अनेरास्ववियुकी नेता सुनिता बरालद्वारा लिखित ‘समृद्धि प्रतिको सङ्कल्प’ पुस्तक सार्वजनिक भएको छ । 

अनेरास्ववियुले शनिवार आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा नेकपा एमालेका  महासचिव ईश्वर पाखेरेलले नेता बरालद्वारा लिखित ‘समृद्धि प्रतिको सङ्कल्प’ पुस्तकको विमोचन गर्नुभयो ।

बरालको यो पहिलो पुस्तक हो । मुलुकको राजनीतिक, प्रशासनिक क्षेत्रमा भएको समस्यादेखि त्यसको सुधार एवं विकार समृद्धिको मार्ग के हुने भन्ने विषयमा उहाँको पुस्तक केन्द्रित छ । 

पुस्तक सार्वजनिक गर्नुहुँदै एमाले महासचिव पोखरेलले जस्तोसुकै शासनमा पनि जनतालाई सेवा प्रवाह महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले विकास र समृद्धिका सबै मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

महासचिव पोखरेलले नेता बरालको लेखनको प्रशंसा गर्नुहुँदै आगामी दिनमा थप प्रगतिको कामना समेत गर्नुभएको छ । उहाँले भन्नुभयो ,“सुनिताजीलाई पुस्तकका लागि बधाई छ। यस पुस्तकमा विभिन्न विषयहरू समावेश गर्नु भएको छ। सबै विषयहरू गहन छन्। त्यसैमा पनि गणतन्त्र, लोकतन्त्र, बहुदलीय जनवादका बारेमा पनि केही प्रसङ्गहरू उठाउनु भएको छ।”

 

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : ५६ बजे