साफ यू–१७ च्याम्पियनसिप आजदेखि

तनहुँमा १०१ जनाको निःशुल्क मुटु परीक्षण

तनहुँ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँको आयोजनामा शनिबार दमौलीस्थित नेशनल एपोलो अस्पतालमा १०१ जनाको निःशुल्क मुटु परीक्षण गरिएको छ । 

नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रीय महासचिव प्रा.डा.प्रकाशराज रेग्मीको नेतृत्वमा आउनुभएका मुटुरोग विशेषज्ञ डा.प्रेमराज बैद्य, डा.अजय अधिकरी र डा.विनायक गौतमले मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गर्नुभएको हो ।

व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको मुटुसम्बन्धी स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको उद्घाटन गरिएको हो । 

सो अवसरमा प्रतिष्ठानका आजीवन सदस्यको स्वास्थ्य परीक्षण गरिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँका उपाध्यक्ष एवं नेशनल एपोलो अस्पतालका सञ्चालक चूडामणि दाहालले जानकारी दिनुभयो । बिरामीको इसिजी, मधुमेह, उच्च रक्तचापलगायत परीक्षण गरिएको थियो ।

त्यसैगरी सो अवसरमा दमौलीका करिब १५ चिकित्सकलाई मुटुरोगसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । चिकित्सकलाई मुटुरोगसम्बन्धी प्रशिक्षण प्रदान गरिएपछि थप उत्साहित भएको प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : २९ बजे