‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान

रुपन्देही । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ । 

प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते नवौँ अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले एक सूचनामार्फत जानकारी गराएको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । 

प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कुलप्रसाद केसीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । 

अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनसक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ७ : ४० बजे