‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एक महिना बितिसक्दा पनि पाँच मन्त्रीको भरमा सत्ता सञ्चालन गर्नु गैरजिम्मेवार प्रदर्शनः राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशमशेर राणाले एक महिना बितिसक्दा सरकारले पुर्णता नपाउनु गैरजिम्मेवार भएको बताउनुभएको छ । पाँच मन्त्रीको भरमा सत्ता सञ्चालन गरेर देउवाले गैरजिम्मेवारी प्रदर्शन गरेको राणाको भनाइ थियो । काठमाडौं क्षेत्र न–५ को कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राणाले त्यस्तो बताउनुभएको हो । उहाँ नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले पनि कुनै आशा सञ्चार गर्न नसकेको बताउनुभयो । राणाले राप्रपा अब एक ढिक्का भएर अगाडि बढन सके धेरै उदेश्यहरु पूरा हुने उनले विश्वास व्यक्त गर्नुभयो ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ७ : ०८ बजे