‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था बिग्रिदै, आइसियूमा भर्ना

काठमाडौं । पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ । श्वासप्रश्वासमा समस्यासँगै अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो ।

कोरोना संक्रमणपश्चात पूर्वराज दम्पती काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेको जनाइएको छ ।

पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको र उनलाई अक्सिजनको सपोर्ट आवश्यक नपरेको अस्पतालले आज जारी गरेको विज्ञप्तिमा भनिएको  छ । वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो। 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १० : ३७ बजे