‘एउटै नाउरको सिकार गर्न २३ लाख’

ट्युमरको शल्यक्रियाका लागि बाबुराम भट्टराई अस्पताल भर्ना 

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि आज अस्पताल भर्ना हुँदैछन् ।

वीर अस्पतालमा डाक्टर सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया हुन लागेको हो । शुक्रबार शल्यक्रिया हुने भए पनि उनी आजै वीर अस्पताल भर्ना हुन लागेको उनको सचिवालयले जनाएको छ । यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए। त्यहाँ परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको थियो। शल्यक्रियाबाट ट्युमर भने चाँडै फाल्नुपर्ने डाक्टरहरूको सुझाव अनुसार उनको आज अपरेशन हुने भएको हो ।

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ९ : २९ बजे