‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कोरोना ‘तेस्रो लहर’लाई मध्यनजर गर्दै अस्पताललाई तयारी राख्न गृहको निर्देशन

काठमाडौँ– सरकारले  बढ्दो कोभिड–१९ संक्रमितको अवस्थालाई मध्यनजर गर्दै  पहिलो र दोस्रो लहरका बेला सूचीकृत गरिएका अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई कोरोना संक्रमितको उपचारका लागि तयार गरिएका आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सुचिकृत गर्न निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन इकाइ तथा स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको अनुरोधअनुसार गृह मन्त्रालयले बन्द रहेका देशभरका कोभिड–१९ आइसोलेसन सेन्टर, अस्पताल र शिक्षण अस्पताल पुनः सूचीकरण एवं व्यवस्थापन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ९ : १९ बजे