‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चीनका ७७ करोड ७० लाखलाई खोपको पूरा मात्रा

बेइजिङ – चीनमा बिहीबारसम्म ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाइएको छ । 

    एउटा मात्रै खोप लगाएकाहरुको सङ्ख्या अझै धेरै भए पनि दुवै खोप लगाएर खोपको मात्रा पूरा गरेकाहरुको सङ्ख्या ७७ करोड ७० लाख पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । 

    हालसम्म चीनमा एक अर्ब ८३ करोड डोज खोप लगाइएको राष्ट्रिय स्वास्थ्य निकायका प्रवक्ता मी फेङले एक पत्रकार सम्मेलनमा बताउनु भएको छ ।  

    चीनको हुबे प्रान्तको वुहान शहरबाट सुरु भएको यस कोरोना भाइरसको महामारी न्यूनीकरणका लागि अहिलेसम्म खोप नै एक मात्र उपाय मानिएको छ । महामारी न्यूनीकरणका लागि खोपको प्रयोग पनि सबैभन्दा बढी चीनमा नै भएको छ । 

रासस÷सिन्ह्वा

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ४ : १६ बजे