‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

वाग्मती प्रदेश युवा परिषद्ले पूर्णता पायो

वाग्मती । वाग्मती प्रदेश युवा परिषद्ले पूर्णता पाएको छ । 

प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले परिषद्का नवनियुक्त सदस्यलाई बिहीबार शपथ ग्रहण गराउनुभयो । 

सामाजिक विकास मन्त्री अध्यक्ष तथा एक जना कार्यकारी उपाध्यक्ष रहने परिषद्मा यसअघि कार्यकारी उपाध्यक्षको मात्रै नियुक्ति भएको थियो । 

मन्त्रालयले परिषद् सदस्यमा इच्छा कुमारी राउत, केदार आचार्य, राधाकृष्ण गिरी, श्याम सुन्दर शिवाकोटी, नम्रता महर्जन, वसन्त न्यौपाने, छोटी लामा, सुदीप गौतम, प्रिती श्रेष्ठ र डालिया नेपालीलाई नियुक्त गरेको र बिहीबार नवनियुक्त सबै सदस्यले शपथ ग्रहण गरेको प्रदेश युवा परिषद्को कार्यालयले जनाएको छ । 

प्रदेश युवा परिषद् ऐन २०७६ अनुसार मन्त्रालयले उपाध्यक्षसहित युवाको हकहितको संरक्षणमा योगदान पु¥याएका महिला कम्तीमा तीन जनासहित छ जना र उद्योग, श्रम, कृषि, खेलकूद, विज्ञान प्रविधि, सूचना, सञ्चार, वातावरण, साहित्य तथा कलाक्षेत्रबाट प्रतिनिधित्व हुने गरी चार जना र लैङ्गीक तथा यौनिक अल्पसङ्ख्यकमध्येबाट एक जना गरी ११ जना सदस्य मनोनीत गर्ने व्यवस्था छ । 

मन्त्रालयले सोही ऐनअनुसार गत असार ४ गते परिषद्को कार्यकारी उपाध्यक्षमा सन्तोष चौलागाईंलाई नियुक्त गरेको थियो । 
 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ८ : ०७ बजे