‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालय ?

काठमाडौँ– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसी र ६ जना मन्त्रीलाई बिहीबार साँझ शपथ गराउनुभएको हो ।

प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले सत्तारुढ गठबन्धनबाट थप ६ जन मन्त्री नियुक्त गर्नुभएको छ ।

केसीले जसपाका सुमन शर्मा रायमाझी, पुर्मती ढेँगा र सहसराम यादव, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी र स्वतन्त्र सांसद अजय शाहीलाई मन्त्री नियुक्त गर्नुभएको छ। उहाँहरुले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
कसलाई कुन मन्त्रालय ?

कांग्रेसका तर्फबाट

डिल्ली चौधरी, सहरी तथा ग्रामीण विकासमन्त्री

माओवादी केन्द्रबाट

कृष्णध्वज खड्का, आर्थिक मामिला तथा योजनामन्त्री

जनता समाजवादी पार्टी

सहसराज यादव, भौतिक पूर्वाधारमन्त्री

स्वतन्त्र सांसद

अजय शाही, बिनाविभागीय

जनता समाजवादी पार्टीबाट

पुर्मती डेंगा, बिनाविभागीय
सुमन शर्मा रायमाझी, बिनाविभागीय

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ९ : ५६ बजे