साफ यू–१७ च्याम्पियनसिप आजदेखि

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दमौलीबाट जाँदै गरेको ग१८प ३७७ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टँदा ऋषिङ–४ बस्ने ३७ वर्षीय सन्देश गजमेरको मृत्यु भएको हो । 

उनलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । 

दुर्घटनामा सोही ठाउँ बस्ने ३७ वर्षीया पवित्रा रानाभाट घाइते भएकी छन् । निजलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ७ : ०३ बजे