‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

पार्टीको बैठक घरमै राख्न थालेपछि देउवा निवास अगाडि प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास अगाडि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् । सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा बैठक बस्न छाडेर घरबाटै देउवाले पार्टी चलाउन थालेपछि असन्तुष्ट कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन समयमै महाधिवेशन गराउनुपर्ने, विधान मिच्न नपाइने, संविधान मिच्न नपाइने भन्दै प्रदर्शन गरेका छन् । सानेपा स्थित पार्टी कार्यालयमा विभिन्न जिल्लाका नेता कार्यकर्ता क्रियाशील सदस्यता वितरणमा विवाद उत्पन्न भएपछि अनसन र धर्नामा रहेकोले देउवाले बुढानिलकण्ठ घरमा बैठक बस्दै आएका थिए ।

असन्तुष्ट कार्यकर्ताले फर्जी क्रियाशील सदस्यता खारेजीको माग गरेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ३ : ०७ बजे