‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका-१६ पक्नाजोल बस्ने हसिम अख्तरको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-२६ बस्ने बाग्लुङ वुर्तिवाङ गाउँपालिका-६ घर भएका ३३ वर्षीया नरमाया बुढामगर लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६९ हजार ८ सय ६० रुपैयाँ र १० गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  २ : ४८ बजे