‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पेस्तोल सहित ३ जना पक्राउ

कपिलवस्तु – महाराजगंज नगरपालिका-९ औरहवाबाट १ थान घरेलु नलकटुवा पेस्तोल र सोही पेस्तोलको ३ राउण्ड गोली सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय लक्ष्मण यादव, २८ वर्षीय बिश्वम्वर यादव र ४१ वर्षीय सम्साद अहमद खाँ रहेका छन् । प्रहरी चौकी कुशुहवाबढनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त हतियार सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  २ : २४ बजे