‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

राष्ट्रपति भण्डारीसँग वाणिज्यदूतहरूको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूको सङ्घको नवनिर्वाचित कार्यसमितिले शिष्टाचार भेट गरेको छ । 

सङ्घका अध्यक्ष लोकमान्य गोल्छाको नेतृत्वमा राष्ट्रपति कार्यालय पुगेको टोलीका सदस्यले सम्बन्धित देशहरूबाट नेपाललाई कोरोना विरुद्धको खोपलगायत आवश्यकताअनुसार स्वास्थ्य सामग्री उपलब्ध गराउन इच्छुक रहेको जानकारी गराएका थिए ।

हालसम्म उपलब्ध सहयोगप्रति राष्ट्रपति भण्डारीले धन्यवाद व्यक्त गर्नुभएको सङ्घले जनाएको छ । 
 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ७ : २४ बजे