‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ताद्धारा राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा सँगै उहाँले पनि राजीनामा दिनुभएको हो । उहाँको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गर्नुभएको छ। डिसीले संविधानको धारा १६० खण्ड (क) अनुसार मुख्यमन्त्री मार्फत राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । शंकर पोखरले मुख्यमन्त्री बनेपछि डिसीलाई न्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ३ : ४६ बजे