‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मानुषी लघुवित्तको आइपिओ खुला

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ ।

आजदेखि बिक्री खुला भएको आइपिओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । 

रु एक सय अङ्कित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट रहेको छ  ।

रु तीन करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार जसमध्ये पाँच हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको हो

आइपिओ जारी भएपछि कम्पनीको चुक्तापुँजी रु दश करोड ९३ लाख ७५ हजार पुग्नेछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर)मार्फतसमेत आइपिओमा आवेदन दिन सक्नेछन ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १२ : २५ बजे