‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लुम्बिनी मन्त्रिपरिषदको बैठक सकियो, छलफलको निर्णय आउन बाँकी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले डाँक्नुभएको मन्त्रिपरिषद बैठक सकिएको छ । आज बिहान  बसेको मन्त्रिपरिषद बैठकमा भएका छलफलका निर्णयहरु आउन भने बाँकी छन् । मन्त्रीपरिषदको बैठक सकिए लगत्तै पार्टी संसदीय दलको बैठक जारी छ । आफूविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सामाना गर्ने कि राजीनामा दिने भन्नेबारे निर्णय लिन मुख्यमन्त्री पोखरेलले बैठक डाक्नुभएको बुझिएको छ ।

आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दैछ। यो बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध दर्ता अविश्वास प्रस्तावमाथि छलफल हुनेछ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : ०२ बजे