साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

केही दिनदेखि अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

सिन्धुपाल्चोक । केही दिनदेखि अवरुद्ध हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची जिरो किलो सडक खण्डको सिपाघाट नजिकैको रातो पहिरोमा बाटो मर्मत भएसँगै सञ्चालनमा आएको छ ।

इन्द्रावती खोलाले बाटो कटान गरी सडक केही दिनदेखि अवरुद्ध भएको थियो । पहिरोको कारणले सडक माथिको बस्ती नै जोखिम भएको भन्दै स्थानीयवासीले पहिरो सफा गर्न रोकेका थिए । 

मङ्गलवार  बिहान स्थानीयवासी र नगरपालिका बीच छलफल गरी सडक खुलाउने सहमति भएको र  मङ्गलवार बेलुकबाट सडक सञ्चालनमा आएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो  

यो सडक बन्द हुँदा साँखु हुँदै यात्रा गर्न स्थानीय बाध्य भएका थिए । 

 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ७ : २९ बजे